दुई चिकित्सकमा देखियो कोराना संक्रमण
चितवनमा दुईजना चिकित्सकसहित २० जनामा कोरोना संक्रमण देखिएको छ। भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएका परीक्षणमा २० जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो।
माडी नगरपालिकाका ६ जना, भरतपुर महानगरपालिकाका ४ जना, क्यान्सर अस्पतालमा एक जना, पुरानो मेडिकल कलेजमा भर्ना भएका २ जना रहेका छन। त्यस्तै नारायणी सामुदायिक अस्पतालमा एकजना चिकित्सकसहित ३ जना संक्रमित रहेका छन्। यी मध्ये एकजनाको अवस्था गम्भीर रहेकाले आइसीयुमा राखिएको छ।
त्यसबारे आधिकारीक जानकारी केही समयपछि सार्वजनिक गर्ने तयारी गरेको भरतपुर अस्पतालले जनाएको छ।