सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा अस्पतालबाट हटाइएका कर्मचारीले आफ्नै शरीरमा आगो लगाए

२०७७ जेठ २६, १२:११ खबर संवाददाता

अछाम : जिल्लाको बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। अस्पतालले हटाएका ३३ जना कर्मचारी मध्येका साफेबगर नगरपालिका–६ का सिदार्थ आउजीले आफुनै शरिरमा आगो लगाएका हुन्।

अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो। अस्पतालले हटाएपछि उनले परिवारको रोजीरोटी खोसिएको भन्दै आगो लगाएको बुझिएको छ। 

यता बयालपाटा अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको बताएको छ। अस्पतालको गेट अगाडि सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएका आउजीलाई हेलिकप्टरमार्फत नेपालगन्ज लैजाने तयारी भएको प्रमुख जिल्लामा अधिकारी पुण्यविक्रम पौडेलले बताए।
 

कमेन्ट लोड गर्नुस