स्वास्थ्य मन्त्री ढकालले प्रवक्ताबाट डा देवकोटालाई हटाए
२०७७ जेठ २५, ०४:११
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताबाट डा विकास देवकोटालाई हटाइएको छ। देवकोटालाई मन्त्रालयको गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले देवकोटाको स्थानमा डा जागेश्वर गौतमलाई ल्याएका छन्। मन्त्री ढकालले बिहीबार परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट डा गौतमलाई मन्त्रालय सरुवा गरेका थिए।
कमेन्ट लोड गर्नुस