सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना आशंकामा डडेल्धुराका पुरुष सेती अस्पताल भर्ना

२०७७ जेठ २५, ०८:०७ खबर संवाददाता

धनगढी : कोरोना आशंकामा डडेल्धुराका एकजना सेती प्रादेशिक अस्पताल भर्ना भएका छन्। डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ७ का ४५ वर्षीय पुरुष कोरोना आशंकामा अस्पताल भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

उनलाई अस्पतालको आईसोलेसन वार्डमा राखिएको छ भने कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिएको श्रेष्ठले बताए। ती पुरुष भारतबाट फर्किएको बुझिएको छ।

उनमा  कोरोना सम्भावित लक्षण देखिएका कारण अस्पतालले आईसोलेसन वार्डमा भर्ना गरेको हो। 
 

कमेन्ट लोड गर्नुस