धनगढीमा सशस्त्र प्रहरीद्धारा लागु औषध सहित तीनजना पक्राउ
धनगढी : धनगढीमा सशस्त्र प्रहरीले लागु औषध सहित तीजनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं.३४ गण हेड क्वाटर कैलाली मातहतको सशस्त्र प्रहरी बल, नेपाल अस्थायी चेकपोष्ट जुगेडाबाट सशस्त्र प्रहरी नायब निरिक्षक अनिल कुमार ओलीको नेतृत्वमा खटिएको टोलीले वडा नम्बर १० बाट लागु औषध सहित तीनजनालाई पक्राउ गरेको हो।
सु.प.प्र.प.०१–००८ प ५४८७ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई वडा नम्बर १० को जुगेडा सुडाघाटबाट ११ दशमलव सात सय ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं.३४ गण हेडक्वाटर कैलालीले जनाएको छ।
बरामद गरिएको लागु औषध सहित तीनैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाईएको छ।