संक्रमण बढदै गएपछि गोदावरी नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सबै सेवा बन्द
२०७७ जेठ २४, ०७:०७
धनगढी : आफ्नो क्षेत्रमा कोरोना संक्रमित बढदै गएपछि कैलालीको गोदावरी नगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गरेको छ।
नगरपालिकाले शनिबार सूचना जारी गर्दै आइतबारदेखि अर्को सूचना जारी नहुँदासम्म कार्यालयको स्वास्थ्य र सरसफाई बाहेकका सम्पूर्ण कामहरु बन्द रहने जानकारी दिएको छ।
शनिबार मात्रै नगरपालिकाका एक जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ।
कमेन्ट लोड गर्नुस