सेती अस्पतालमा एक जनाको मृत्यु, डायलासिस वार्ड सिल
धनगढी : सेती प्रादेशिक अस्पतालमा बिरंग हेल्थ केयरले सञ्चालन गर्दै आएको डायलासिस वार्डमा एक जनाको मृत्यु भएको छ। गएराती अस्पतालको डायलासिस वार्डमा एक जनाको मृत्यु भएको हो।
उनको ठेगाना भने बिरंग हेल्थ केयर र अस्पतालले अहिलेसम्म खुलाएको छैन्। मृगौला रोगबाट पीडित उनी सेती अस्पतालमा पहिलो पटक डायलासिस गराउनका लागि पुगेकी थिईन्।
डायलासिस अघि उनको आरडिटी रिपोर्ट नेगेटिभ आएको डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले जानकारी दिए। मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएको उनले बताए।
डायलासिस वार्डमै मृत्यु भएपछि डायलासिस वार्ड सिल गरीएको छ। मृतक महिला यसअघि नेपालगञ्ज र काठमाडौँमा डायलासिस गराउँदै आएकी थिईन्।