सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको त्रिनगर नाकामा सशस्त्र प्रहरीद्धारा विश्राम स्थल निर्माण

२०७७ जेठ २४, ०४:०६ खबर संवाददाता

धनगढी : कैलालीको त्रिनगर नाकामा सशस्त्र प्रहरीले विश्राम स्थल निर्माण गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३४ गण कैलालीले आज त्रिनगर नाकामा टेन्ट गाडेर भारतबाट फर्र्किनेहरुका लागि विश्राम स्थल निर्माण गरेको हो।

उनीहरुबाट घामपानीबाट बच्नका लागि ९ स्थानमा जिल्लागत विश्राम स्थल निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका गणपति कमल तिउसिनाले बताए। टेन्ट गाड्नमा सशस्त्र प्रहरीका ३० जना अधिकृत बिहानैदेखि सीमामा खटिएका थिए। 

 

कमेन्ट लोड गर्नुस