बाजुरामा गाउँपालिका उपाध्यक्ष नै क्वारेन्टाइनमा
बाजुरा : बाजुराको खप्तड छेडेदह गाउँपालिकाकी उपाध्यक्ष कुन्ती बुढा क्वारेन्टाइनमा बसेकी छन्। उनी १९ गते धनगढीबाट जिल्ला पुग्ने बित्तिकै गाउँपालिका अन्तरगत वडा नम्बर २ मा रहेको कुर्पेकोट आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेकी हुन।
उपाध्यक्ष बुढासँगै आएका गाउँपालिका इन्जिनियर भिम बम र सब इन्जिनियर योगेश जोशी पनि क्वारेन्टाइनमा बसेका छन्। बम र जोशी भने डोगडिको बालविकास आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका छन्।
१४ दिनसम्म क्वारेन्टाइनमा बसी कोरोना जाँच गरेर मात्रै गाउँपालिका जाने उपाध्यक्ष बुढाले बताइन। ‘धनगढीमा पनि होम क्वारेन्टाइनमा सुरक्षीत थिए। तर अरुलाई नियम सिकाउनेले आफुलेपनि पालना गर्नुपर्छ भनेर क्वारेन्टाइनमा बसिरहेकी हुँ’ उनले भनीन।
खप्तडछेडेदह गाउँपालिकाकी उपाध्यक्ष क्वारेन्टाइनमा बसिरहँदा केही स्थानीय तहमा अन्य जिल्लाबाट आएका कर्मचारी, जनप्रतिनिधि भने क्वारेन्टाइनमा बसेका थिएनन्। बुढिगंगा नगरपालिकाका नगरप्रमुख दिपक शाह, कार्यकारी र अन्य कर्मचारी त्यस्तै बुढिनन्दाको उपप्रमुख सृष्टि रेग्मि होम क्वारेनटाइनमा बसेको भनेका थिए। तर उनीहरुले नियमको पालना नै नगरेको जनगुनासो आएको थियो
यस्तै त्रिबेणी नगरपालिकामा भने जिल्ला बाहिरबाट आएका कर्मचारीलाई क्वारेन्टाइनमा नराखेर सिधै काममा खटाइएको थियो।