सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका मदिरा व्यवसायीद्वारा क्वारेन्टाइनमा बसेकाहरुलाई राहत

२०७७ जेठ २४, ०३:०८ खबर संवाददाता

धनगढी : धनगढीका मदिरा व्यवसायीहरुले क्वारेन्टाइनमा बसेकाहरुलाई राहत सहयोग गरेका छन्। व्यवसायीहरुले धनगढीस्थित त्रिभुवन माविमा रहेको क्वारेन्टाइनलाई विभिन्न खाद्य तथा सरसफाई सामग्री हस्तान्तरण गरेका हुन। 

शनिबार अवस्थी ट्रेड कन्सर्नका सञ्चालक डिल्लीराज अवस्थी, सिद्धार्थ स्टोरका सञ्चालक थानेश्वर घिमिरे र न्यु.पि. डि. ट्रेडर्सका सञ्चालक प्रेमबहादुर धामीले क्वारेन्टाइनमै पुगेर सामग्री हस्तान्तरण गरेका छन्। 

उनीहरुले ५० किलो आलु, ५६ किलो प्याज, २१० पिस अण्डा, २५ किलो लुगा धुने सर्फ र ५० पिस सेनिटाइजर प्रदान गरेका हुन। 

कमेन्ट लोड गर्नुस