बझाङमा थप ६ जनामा कोरोना पुष्टि
धनगढी : बझाङमा थप ६ कोरोना पुष्टि भएको छ। खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै बझाङमा संक्रमितको संख्या ८ पुगेको छ। बझाङका एक जना संक्रमित भने कर्णाली प्रदेशमा उपचाररत छन्।
कोरोना पुष्टि हुनेमा २५, ३८, ५७ र ७० वर्षीय पुरुष तथा दुईजना ४० वर्षीया महिला छन्। उनीहरूमध्ये पाँचजना भारतको दिल्लीबाट र एकजना काठमाडौंबाट बझाङ पुगेका थिए।
जिल्ला अस्पताल बझाङका डाक्टर मिलन खड्काले संक्रमितलाई खप्तडछान्ना गाउँपालिकाले नै बनाएको आइसोलेसनमा राखिएको बताए।