धनगढीका एकजना कोरोना संक्रमित काठमाडौँ रेफर
धनगढी : धनगढीका एक जना कोरोना संक्रमित काठमाडौँ रेफर गरीएको छ। स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ५१ बर्षीय कोरोना संक्रमितलाई काठमाडौँ रेफर गरीएको हो।
सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारमा संग्लन डाक्टर निराजन दत्त शर्माले उनलाई शुक्रवार राति साढे १० बजे रेफर गरीएको बताए।
‘मृगौलामा पनि समस्या देखाएको थियो भने निमोनिया पनि थियो,’ डाक्टर शर्माले दिनेश खवरलाई भने, ‘सेती अस्पताल लेवल–२ को अस्पताल भएकाले थप उपचारका लागि लेवल–३ को टिचिङ अस्पताल काठमाडोँमा रफेर गरीएको छ।’
उनी सहित सुदूरपश्चिममा ५ जनामा बुधबार कोरोना पुष्टि भएको थियो। उनी भारतबाट केही दिन अगाडी आएका थिए।