सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका पत्रकार कुँवरद्धारा क्वारेन्टिनमा बसेकालाई सहयोग

२०७७ जेठ २४, १२:२० खबर संवाददाता

टेक चन्द, डोटी : डोटीका पत्रकार चक्र कुँवरले क्वारेन्टिनमा बसेकाहरुलाई सहयोग गरेका छन्। कुँवरले जिल्लाको वोगटानफुड्सिल गाउँपालिका वडा नम्बर ४ सातफरीका ११ वटा क्वारेन्टिनमा बसेका एक सय ९० जनालाईं खाजा तथा स्वास्थ्य सामाग्री सहयोग गरेका हुन्।

क्वारेन्टिनमै पुगेर सर्जिकल र सादा मास्क, साबुन टुथ पेस्ट तथा चिउरा, चाउचाउ, पानी सहयोग गरेको कुँवरले बताए। पत्रकार कुँवर नेपाल प्रेस युनियन डोटीका उपाध्यक्ष एवं रेडियो डोटीका प्रबन्ध निर्देशक हुन्।

कमेन्ट लोड गर्नुस