सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको क्वारेन्टिनमा एक जनाको मृत्यु, कोरोना परीक्षण बाँकी

२०७७ जेठ २४, ०९:०५ प्रकाश सिंह

बाजुरा : बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ मा रहेको एक क्वारेन्टिनमा एक जनाको मृत्यु भएको छ। जेठ १५ गते भारतबाट आएर क्वारेन्टिनमा राखिएका ६५ बर्षिय पुरुषको मृत्यु भएको हो।

हिजो साझदेखि खाना नखाएको र राती एकाएक बिरामी भएर मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष खगेन्द्र रावतले बताए। गाउँमै रहेको मष्टा आधारभुत बिद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाअध्यक्ष रावतले जानकारी दिए। 

मृतक पुरुष २५ बर्षदेखि भारतमा रोजगारीका लागि जाँदै गरेका थिए। मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए। मृतकको स्वाब संकलन गरी धनगढी प्रयोगशालामा पठाउने र उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी गैरेले बताएका छन्।
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस