धनगढी जेसिजद्धारा विश्व वातावरण दिवसमा वृक्षारोपण
धनगढी जेसिजले बिश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण गरेको छ। धनगढीको मटियारीस्थित राधाकृष्ण मन्दिर परिसरमा वृक्षारोपण गरेको जेसिजका अध्यक्ष कलेन्द्र शाहिले बताए।
धनगढी उपमहानगर पालिकाका मेयर नृप वड, धनगढी जेसिजका अध्यक्ष श्याम पाठक, मन्दिरका अध्यक्ष उमाकान्त जोशीलगायत धनगढी जेसिजका पदाधिकारीहरुले संयुक्त रुपमा वृक्षारोपण गरि दिवस मनाएको उनले बताए।
बिश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो।