विश्वभर कोरोनाबाट ६८ लाख २६ हजार बढी संक्रमित
२०७७ जेठ २४, ०५:५२
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख ९७ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या तीन लाख ९७ हजार ४ सय १५ पुगेको छ।
यस्तै ६८ लाख २६ हजार ४ सय १५ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ३३ लाख १२ हजार ९ सय १४ जना निको भइसकेका छन्।
कमेन्ट लोड गर्नुस