सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकल सहित करिब तीन लाखको अवैध सामग्री बरामद

२०७७ जेठ २३, ०७:२७ खबर संवाददाता

धनगढी : कैलाली सशत्र प्रहरीले मोटरसाइकलसहित करिब तीन लाखको अवैध सामग्री बरामद गरेको छ। जिल्लाको भजनी नगरपालिकामा सशत्र प्रहरीको टोलीले २ लाख ७९ हजार बराबरको सुर्ती बरामद गरेको हो।

बरामद गरिएको अवैध सामग्री खक्रौला भन्सार नाकामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका प्रहरी नायव उपरीक्षक भीम चन्दले जानकारी दिए। मोटरसाइकल चालक भने फरार रहेको र खोजी कार्य जारी रहेको चन्दले बताए। 

लकडाउनका बेला सीमा नाका बन्द भएकाले पछिल्लो एक हप्तायता अवैध सामग्री ओसारपसारमा बुद्धी भएको डिएसपी चन्दले बताए। भजनीमा खटाइएका चन्दले भने, ‘ आजभोली सीमा नामा बन्द भएकाले भारतीयहरुले घाँसको झाडीमा सामग्री लुकाएर जान्छन र नेपालीहरु त्यहाँबाट आँखा छलेर त्यो सामग्री ल्याएर आउँछन। केही दिनअघि मात्रै हामीले घाँसको झाडीमा सुर्ती फेला पारेका थियौं।’

उनका अनुसार एक हप्तामा ५ लाख बराबरको अवैध सामग्री बरामद गरिएको छ। ती अवैध सामग्रीमा बढीजसो सुर्ती रहेको प्रहरी नायव उपरीक्षक भीम चन्दले बताए। 

कमेन्ट लोड गर्नुस