सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा रोपाई सुरु

२०७७ जेठ २३, ०३:३० प्रकाश सिंह

बाजुरा : निरन्तरको वर्षासँगै बाजुरामा रोपाई सुुरु भएको छ। कोभिड –१९ को महामारी संकट सँगै बाजुराका गाउँगाउँमा रोपाई सुरु भएका छन्। 

बाजुराको नौ वटै स्थानीय तहमा अहिले रोपाइको चटारो सुरु भएको छ। जिल्लाका बाह्रबिस, बह्रमतोला, कुल्देबमाण्डौ, बुढिगंगा, मार्तडी पाण्डुसेन, कोल्टी लगायतका क्षेत्रमा रोपाइ सुुरु भएको हो। औल क्षेत्रमा अहिले रोपाइ सुुरु हुन्छ भने उच्च भागमा असारतिर मात्रै रोपाइ हुने गरेको छ। 

अहिले सबै रोपाइमा व्यस्त रहेको बुढिगंगा नगरपालिका –९ का नरेन्द्र थापाले बताएका छन्। यो समयलाई मानु खाएर मुरी उब्जाउने समयका रुपमा लिइने गरेकाले सबै रोपाईमा व्यस्त रहेका छन्। 

यसवर्ष कोरोनाका कारण प्राय पुरुषहरु सबै घरमा छन्।  तर्सथ अहिले जिल्लामा  सामुहिक रुपमा खेत राप्ने काम भइरहेको छ। गाउँमा कोरोना त्रास बढिरहेको भएपनि रोपाइको चटारो रहेको बह्रमतोलाका मोहन नेपालीले बताए। 

बाजुरामा कूल खेतीयोग्य जमिनको १० प्रतिशत भाग मात्रै सिचाँइको पहुँचमा छ। भने ९० प्रतिशत पुरै अकाशे पानीको भरमा रहेको छ। यो वर्ष निरन्तर वर्षा भइरहेकाले छिट्टै रोपाइ सुुरु भएको बुढिगंगा नगरपालिकाका नगरप्रमुख दिपक बिक्रम शाहले बताए। 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस