सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा छिमेकीको कुटपिटबाट महिला घाईते, एकजना पक्राउ

२०७७ जेठ २३, ०१:२७ खबर संवाददाता

धनगढी : धनगढीमा छिमेकीको कुटपिटमा परेर एक महिला घाईते भएकी छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ४ मा छिमेकीको कुटपिटबाट ५२ वर्षीय फुलमाया तामाङ घाईते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हिक्मत थापाले तामाङका छिमेकी समेत रहेका अन्दाजी ४९ वर्षीय तारा कलेलले मदिरा सेवन गरी उनीमाथि कुटपिट गरेको बताए।

कुटपिटबाट घाईते भएकी तामाङको टाउकोमा गम्भीर चोट लागेको छ।कुटपिटमा संलल्गन कलेललाई प्रहरीले गएराती नै पक्राउ गरिसकेको जनाएको छ।

प्रहरी निरिक्षक थापाले महिलामाथि कुटपिट गर्ने कलेललाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जानकारी दिए।  
 

कमेन्ट लोड गर्नुस