कैलालीमा संक्रमितको संख्या ४० पुग्यो, कुन स्थानीय तहका कति ?
धनगढी : कैलालीमा सुदूरपश्चिममै सबैभन्दा बढि ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार जानकी गाउँपालिकामा एकजनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४० पुगेको हो।
कैलालीमा सबैभन्दा बढि गौरीगंगा नगरपालिकामा १५ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै धनगढी उप–महानगरपालिकामा ८ जना, जानकी गाउँपालिकामा ८ जना, टीकापुर नगरपालिकामा ४ जना, लम्कीचुहा नगरपालिका २ जना, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका, बर्दगोरिया गाउँपालिकामा एक÷एक जना कोरोना संक्रमित भेटिएका छन्।
संक्रमित मध्ये हाल सम्म चार जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन्। प्रदेशकै पहिलो पटक चैत १४ गते कोरोना संक्रमण देखिएका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुष, त्यसपछि चैत २२ गते धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, लम्कीका २१ बर्षीय युवक र बैशाख १ गते संक्रमण पुष्टि भएकी लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिला कोरोनाई जितेर घर फर्किसकेका छन्।
अन्य ३६ जनालाई सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पतालको आईसोलेसन वार्ड र सम्बन्धीत क्वारेन्टाईनमै राखेर उपचार भईरहेको छ।
कैलालीपछि अछामका १४, कञ्चनपुरमा १०, डोटीका १०, बैतडीका र डडेल्धुरामा ६÷६, बाजुराका तीन, बझाङमा दुई र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ।
अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ७५, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ।