सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको क्वारेन्टाइनमा बसेकाको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइँदै

फाईल फोटो
फाईल फोटो
२०७७ जेठ २२, ०७:१४ खबर संवाददाता

डोटी : डोटीको दिपायल सिलगढी नगरपालिकाका क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी रिपोर्ट नेगेटिभ आएपछि घर पठाउन थालिएको छ। 

सिलगढीस्थित पद्मा पब्लिक मुक्तिनारायण माविको क्वारेन्टाइनमा रहेका ५८ जना, लडागडाका ७८, दिल्पेश्वर माविका ६५ र दिल्पेश्वर आधारभुत विद्यालयको क्कवारेन्टाइनमा रहेका ४१ जनालाई घर पठाइएको हो।

१४ दिन क्वारेन्टाइनमा बसेका उनीहरुको आरडिटि रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको दिपायल सिलगढी नगरपालिका स्वास्थ्य एकाइ प्रमुख गणेश भण्डारीले बताए। 

कमेन्ट लोड गर्नुस