सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा स्वास्थ्यकर्मी कुटिएको घटनाप्रति मन्त्रालयको ध्यानाकर्षण

२०७७ जेठ २२, ०४:५९ खबर संवाददाता

धनगढी : डोटी र देशका अन्य क्षेत्रमा महामारीका बेला खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपातका घटनाप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

बिहिबार नियमित मिडिया ब्रिफ्रिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ती घटनाप्रति ध्यानाकर्षण भएको र दोषीलाई तीन दिनभित्र कारबाही गर्न गृह मन्त्रालयमा अनुरोध गरेको बताएका छन्। 

आइतबार शिखर नगरपालिका वडा नम्बर ७ लाटामाण्डौंमा रहेको स्वास्थ्यचौकीबाट स्वास्थ्य सामग्री लगेर दानकोट स्वास्थ्यचौकी गइरहेका अहेव रमेश कुवँर कुटपिटबाट घाइते भएका थिए।  गाउँको बाटो हिड्दा कोरोना संक्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानिय तीन जनाले गाली गलौच गर्दै एक्कासी ढुङ्गामुडा प्रहार गरेका थिए।
 

कमेन्ट लोड गर्नुस