सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भारतबाट फर्केका युवक क्वारेन्टिनमा नबसेपछि तीन घर सिल

२०७७ जेठ २२, ०१:३४

धनगढी : धनगढीमा भारतबाट फर्केका युवकले क्वारेन्टिनमा बस्न नमान्दा तीन वटा घर सिल गरिएको छ। उप-महानगरपालिकाको वडा नम्बर १२ जुगेडामा जेठ २० गते भारतबाट फर्किएका ३२ वर्षीय पुरुषले क्वारेन्टिनमा बस्न नमानेपछि होम क्वारेन्टिनमा राखेर घर सिल गरिएको हो।

वडाध्यक्ष गणेशप्रसाद जोशीले मानसिक सन्तुलन ठीक नभएका युवकले क्वारेन्टिनमा बस्न नमानेपछि होम क्वारटिन्टमै राखेर तीन वटा घर सिल गरिएको बताए। अध्यक्ष जोशीले सम्झाई बुझाई गर्दा समेत क्वारेन्टिनमा बस्न नमान्दा घरमै सुरक्षित रुपमा राखेर उनी सहित छिमेकीका तीन वटा घर सिल गरिएको बताए।

घरका कुनै पनि सदस्यहरुलाई बाहिर ननिस्कन आग्रह गर्दै सिल गरिएको वडाध्यक्ष जोशीले बताए।

कमेन्ट लोड गर्नुस