बैतडी क्वारेन्टिनमा मृत्यु भएकी महिलाको रिपोर्ट नेगेटिभ
बैतडी : बैतडीमा भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका बेला मृत्यु भएकी महिलाको रिर्पोट नेगेटिभ आएको छ।
जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ४ को मालिका माविको क्वारेन्टिनमा मृत्यु भएकी २२ बर्षिया सुनिता लुहारको कोरोना रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले धनगढीमा गरिएको परीक्षणका क्रममा उनको रिर्पोट नेगेटिभ आएको जानकारी दिए। जेठ १६ गते गौरिफन्टा नाकाबाट स्वदेश फर्किएकी लुहारको मंगलबार क्वारेन्टिनमै मृत्यु भएको थियो।
लुहार मुटु रोगको बिरामी थिईन्।