सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी बजार आज पनि आशिंक रुपमा खुल्यो

२०७७ जेठ २२, ०८:१५ खबर संवाददाता

धनगढी : धनगढी बजार आज पनि आशिंक रुपमा खुलेको छ। कैलाली उद्योग वाणिज्य संघले व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेपछि आज सबै किसिमका पसलहरु सञ्चालन भउका छन्।

कैलाली उद्योग वाणिज्य संघले लकडाउनले मात्रै कोरोना नियन्त्रण गर्न नसक्ने र सरकारले अन्य कुनै प्रयास नगरेको भन्दै लकडाउनको उल्लंघन गर्ने जनाएको थियो।

संघले प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै सामाजिक दूरी कायम गर्दै बजार खोल्ने वातावरण मिलाउन र नभए व्यापारी स्वयमले लकडाउनको उल्लघन गर्दै व्यापार व्यवसाय सञ्चालन गर्ने चेतावनी दिएको थियो।

कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बजार आशिंक रुपमा खुलेको बताए। 
 

सबै फोटो : रबिन्द्र जोशी

कमेन्ट लोड गर्नुस