सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिकित्सकमाथि कुटपिट गरेको भन्दै धनगढीमा विरोध

२०७७ जेठ २१, ०१:०५ खबर संवाददाता

नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशले चिकित्सकमाथी कुटपिट भएको भन्दै विरोध प्रदर्शन गरेका छन्। आज धनगढीमा विरोध प्रदर्शन गर्दै उनीहरुले महामारीको बेला जोखिम मोलेर अग्रपंक्तिमा रही बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गरेका छन्।

स्वास्थ्यकर्मीहरूको पूर्ण सुरक्षाको ग्यारेण्टी गर्दै कार्यस्थलमा उच्च मनोवलका साथ काम गर्ने वातावरण बनाउन चिकित्सक संघ केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश शाखा अध्यक्ष डा. प्रमोद जोशीले माग गरे। जेठ १४ गते नेपाल मेडिकल कलेजमा कार्यरत चिकित्सकमाथि कुटपिट भएको थियो।
 

कमेन्ट लोड गर्नुस