सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको टीकापुरमा ढुङ्गागिट्टी उत्खननमा रोक

फाइल फोटो
फाइल फोटो
२०७७ जेठ २१, १२:१७ रासस

कैलालीको टीकापुर नगरपालिका  ८ वनगाउँस्थित कर्णाली नदीको पानी डाइभर्सनका नाममा भइरहेको ढुङ्गाबालुवा चोरी निकासी स्थानीय युवाको विरोधपछि रोकिएको छ। कर्णालीको कटानबाट उच्च जोखिममा रहँदै आएको सो क्षेत्रमा तीव्र कटान भएपछि स्थानीयवासीले अस्थायी तटबन्ध गरेका थिए। 

टीकापुर– ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले नदीजन्य पदार्थको उत्खननले वर्षायाममा त्यसक्षेत्रमा जोखिम बढ्ने हुँदा  ढुङ्गाबालुवा निकाल्ने कार्य बन्द गरिएको बताए।      

 रानी जमरा कुलरिया सिँचाइ आयोजनाले नदी तटबन्धका लागि २०७२ सालमा  सिद्धि शाही कन्स्ट्रक्शनसंँग ठेक्का सम्झौता गरेको थियो। एक हजार दुई सय मिटर लम्बाइमा कन्स्ट्रक्सनले तटबन्ध गर्नुपर्ने भए पनि  हालसम्म  आठ सय मिटर मात्र काम भएको छ।

पटक पटक आयोजना, स्थानीय पालिका र संघीय सरकारलाई त्यसबारे जानकारी गराइँदै आए पनि हालसम्म कतैबाट सुनुवाइ नभएको स्थानीयवासी अगुवा धनसिंह साउदले बताए। उनका अनुसार वर्षायाम शुरु भएसंँगै नगरपालिकाका वडा  ७,८ र ९ का बासिन्दाले त्रासमा जीवन जिउनुपर्ने बाध्यता रहँदै आएको छ।
 

कमेन्ट लोड गर्नुस