सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नवजात शिशु मृत फेला

२०७७ जेठ २१, ११:४७ खबर संवाददाता

धनगढी : धनगढीमा एक नवजात शिशु मृत फेला परेका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ३ को मोहना नदीमा भर्खरै जन्माएको शिशु मृत फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत वहादुर थापाले नदीमा मृत शिशु बगेर आएको अवस्थामा फेला परेको बताए। 

नदीमा शिशुको शव देखेर स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी निरिक्षकको टोली पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शिशु फाल्ने व्यक्तिको पहिचान हुन सकेको छैन्। 
 

कमेन्ट लोड गर्नुस