सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी बजार आशिंक रुपमा खुल्यो

२०७७ जेठ २१, ०९:१७ खबर संवाददाता

धनगढी : धनगढी बजार आशिंक रुपमा खुलेको छ। कैलाली उद्योग वाणिज्य संघले प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै आजदेखि बजार खोल्ने चेतावनी दिएपछि बजार आशिंक रुपमा खुलेको हो।

बजार क्षेत्रमा आज केही कपडा पसल समेत सञ्चालन भएका छन्। कैलाली उद्योग वाणिज्य संघले लकडाउनले मात्रै कोरोना नियन्त्रण गर्न नसक्ने र सरकारले अन्य कुनै प्रयास नगरेको भन्दै लकडाउनको उल्लंघन गर्ने जनाएको थियो।

संघले प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै सामाजिक दूरी कायम गर्दै बजार खोल्ने वातावरण मिलाउन र नभए व्यापारी स्वयमले लकडाउनको उल्लघन गर्दै व्यापार व्यवसाय सञ्चालन गर्ने चेतावनी दिएको थियो।

कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बजार आशिंक रुपमा खुलेको बताउँदै आज प्रशासनसंग छलफल हुने बताए। 

कमेन्ट लोड गर्नुस