सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा समाजसेवी विष्टद्धारा श्रीमानको वार्षिक पुण्य तिथीमा क्वारेन्टाईनमा बसेकालाई सहयोग

२०७७ जेठ २१, ०८:२७ खबर संवाददाता

टीकापुर :  कैलालीको टीकापुरकी समाजसेवी कमला विष्टले श्रीमानको दोस्रो वार्षिक पुण्य तिथीको अवसरमा क्वारेन्टाईनमा बसेकाहरुका लागि राहत सामाग्री सहयोग गरेकी छन्।

कृषि विकास बैंकका पूर्व शाखा प्रबन्धक एवंम् डि.कम माइक्रोसिस्टमस प्रालीका संस्थापक अध्यक्ष समेत रहेका स्वर्गीय श्रीमान धीरबहादुर विष्टको दोस्रो वार्षिक पुण्य तिथीको अवसरमा टीकापुर नगरपालिकाका क्वारेन्टाईनमा बसेकाहरुलाई राहत सामाग्री सहयोग गरेकी हुन्।

विष्टले मंगलबार टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावललाई राहत सामाग्री हस्तान्तरण गरेको डि.कम माइक्रोसिस्टमस प्रालीका सञ्चालक प्रकाश विष्टले बताए।

उनका अनुसार विष्टले नगरपालिकालाई साढे ७ क्वीन्टल चामल, ५० किलो नुन, २५ किलो दाल र एक पेटी खाने तेल हस्तान्तरण गरेकी हुन्।् ती सामाग्री स्वर्गीय विष्टकी श्रीमती र छोराले संयुक्त रुपमा नगरपालिकालाई हस्तान्तरण गरेका हुन्। 
 

कमेन्ट लोड गर्नुस