सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिलो कोरोना संक्रमित बैतडीका युवकको दोस्रो रिर्पोट पनि नेगेटिभ

२०७७ जेठ २०, ०७:१७ खबर संवाददाता

पहिलो कोरोना संक्रमित बैतडीका युवकको दोस्रो रिर्पोट पनि नेगेटिभ आएको छ। गत जेठ ९ गते कोरोना पुष्टि भएका शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकको १० औं दिनमा स्वाब संकलन गरेर पठाएकोमा दोश्रो रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। 

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार ती युवकको जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ। संक्रमित युवकको स्वास्थ्य अवस्था सामान्य छ। प्रहरीको हिरासतमा रहेका ती युवकमा कोरोना संक्रमण पुष्टि भएपछि जेठ ९ गतेदेखि नै जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ।

युवकको लगातार तेस्रो रिपोर्ट पनि नेगेटिभ आएमा मात्रै डिस्चार्ज गरिने उनले बताए। संक्रमित युवकको तेस्रो रिर्पोट लागि स्वाब संकलन गरेर पठाइसकेको तर रिर्पोट आउन बाँकी रहेको बताइएको छ। 

शिवनाथ गाउँपालिकाकी १९ वर्षीय किशोरी गीता महरको मृत्यु प्रकरणमा पक्राउ परेका ती युवकलाई पुर्पक्षका लागि कारगार चलान गर्न अदालतले यसअघि नै आदेश दिइसकेको छ। ती व्यक्ति कोरोना जितेमा कारागार चलान हुनेछन्।
 

कमेन्ट लोड गर्नुस