पर्पल फाउण्डेसनद्धारा भारतबाट आएका ७ सय महिलालाई हाईजेनिक प्याक वितरण
धनगढी-पर्पल फाउण्डेसन काठमाण्डौंको तर्फबाट ६ दिनमा भारतबाट आएका ७ सय महिलालाई सेनेटरी प्याड, साबुन, मास्क सहितको हाईजेनिक प्याक (पर्पल झोला) वितरण गरिएको छ।
फाउण्डेसनका तर्फबाट आज एक सय जनालाई पर्पल झोला वितरण गरिएको छ । पर्पल फाउण्डेसनका तर्फबाट अध्यक्ष निलम शर्माले उपलब्ध गराएको पर्पल झोला नाम दिईएको हाइजेनिक प्याक भारतबाट आएका नेपालीहरुका लागि सञ्चालित खाना र पानी अभियानले वितरण गरेको हो । अभियानका सदस्य पत्रकार दीर्घराज उपाध्याय र चौलानी डिपार्टमेण्टल स्टोरका सञ्चालक मानसिंह साउँदले भारतबाट आएका महिलाहरुलाई पर्पल झोला वितरण गरेका हुन् ।