सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लकडाउनका कारण समस्यामा रहेका खेलाडीलाई राहत वितरण गरिने

२०७७ जेठ २०, ०६:२५ खबर संवाददाता

कैलालीमा लकडाउनका कारण समस्यामा रहेका खेलाडीहरुलार्य राहत बितरण गरिने भएको छ। राष्ट्रीय तथा अन्तराष्ट्रीय खेलाडी संघ कैलालीले लकडाउनका कारण समस्यामा रहेका सम्पुर्ण खेलाडीहरुलाई राहत वितरण गर्ने भएको छ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको जारी लकडाउनले विकोपार्जनमा समस्या भएका खेलाडीहरुका लागी राहत वितरण गरिने राष्ट्रीय तथा अन्तराष्ट्रीय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश चन्दले बताए।

उनका अनुसार २२ गते बेलुकी ५ बजे देखी धनगढी स्थित क्षेत्रिय रंगशालाबाट राहत वितरण गरिने छ।  

दैनिकी चलाउन नै मुस्कील भएका र अन्य कुनैपनि प्रकारका् कठीनाइमा रहेका सम्पुर्ण खेलाडी,खेल प्रशिक्षक तथा विभिन्न संघका खेल पदाधिकारी लगायत खेल संग सम्बन्धीत व्यक्तीहरुलाई संघका तर्फबाट राहत वितरण गरिने उनले बताए।

यस्तै संघले समस्यामा रहेका खेलाडीहरुलाई संघका अध्यक्ष प्रकाश चन्द ९८५८४२०४८६, उपाध्यक्ष केशव भट्ट ९८५८४२०९०१,महासचिव रतन खाती ९८५८४२४०२३ र कोषाध्यक्ष दुर्गा शर्मा भण्डारी ९८४८६३५४३ मा सम्पर्क गर्न आह्वान गरेको छ।

 

कमेन्ट लोड गर्नुस