सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईतबार अछामबाट बिरामी लिएर धनगढी आएका एम्बुलेन्स चालकमा कोरोना पुष्टि

२०७७ जेठ २०, १२:४६ खबर संवाददाता

धनगढी : आईतबार अछामबाट विरामी लिएर धनगढी आएका एम्बुलेन्स चालकमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

जिल्ला अस्पतालका एम्बुलेन्स चालक मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। सुर्खेतको प्रयोगशालामा गरिएको थ्रोट स्वाबको नमूना परीक्षणमा उनको रिर्पोट पोजेटिभ आएको हो।

चालक अहिले धनगढीमै छन्। स्वास्थ्य कार्यालय अछामका कोभिड सम्पर्क व्यक्ति देवदत्त जोशीले चालकलाई कोरोना संक्रमण भएको जानकारी गराउँदै अस्पतालको आईसोलेसनमा जान अनुरोध गरिएको जानकारी दिए।

उनी मात्र अछामबाट आईतबार बिरामी लिएर धनगढी आएका थिए। 

कमेन्ट लोड गर्नुस