सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पञ्चेश्वरस्थित कैलपाल स्कुलको क्वारेन्टाइनमा बसेका ५१ जनालाई खाजा सहयोग

२०७७ जेठ २०, १२:०२ खबर संवाददाता

बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित कैलपाल आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेकाहरुलाई स्थानिय तीन जनाले खाजा सहयोग गरेका छन्।

स्थानिय देब बहादुर चन्द, प्रकाश बहादुर चन्द र बिरेन्द्र बहादुर चन्दले सहयोग स्वरुप खाजा चाउचाउ, बिस्कुट, पानी वितरण गरेको सो क्वारेन्टाइनमा रहेका कमल सार्कीले बताए। 

सो विद्यालयको क्वारेन्टाइनमा  ५१ जनालाई राखिएको छ।
 

कमेन्ट लोड गर्नुस