सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा थप ९ जनामा कोरोना पुष्टि

२०७७ जेठ २०, ११:०६ खबर संवाददाता

अछाम : अछाममा थप नौ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै अछाममा कोरोना पुष्टि हुने हुनेको सख्या ११ पुगेको छ। थप दुई जनाको धनगढीमा उपचार भईरहेको छ।

आज मेल्लेख गाउँपालिका वडा नम्वर ४ कुष्कोटका दुई वटा क्वारेन्टाईमा रहेका ८ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए।

वडा नम्वर ४ कुष्कोटका २७ वर्षीया एक जना महिलामा कोरोना पुष्टि भएको हो। यस्तै कोरोना पुष्टि हुनेमा अन्य ७ जना पुरुष रहेका छन्। २४, २७, ३५, ४०, २९, २२ र ३० वर्षका पुरुष रहेका छन्। उनिहरु सवै भारतबाट ९ गते कुष्कोट पुगेका थिए। 

यस्तै मंगलसैन नगरपालिकाका २३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। उनिहरु सवैको सुर्खेत प्रयोगशालामा स्वाव परिक्षणका क्रममा कोरोना पुष्टि भएको हो। हिजो मात्रै चौरपाटी गाउँपालिका वडा नम्वर २ सोकटमा दुई जनामा कोरोना पुष्टि भएको थियो।

एक जनाको धनगढी प्रयोगशाला र एक जनाको सुर्खेत प्रयोगशाला परीक्षण गरिएको थियो। 

कमेन्ट लोड गर्नुस