सुदूर नेपाललाई विश्वसँग जोड्दै

शीर्ष दुईको होडमा रहेको आरबी लेइप्जिगलाई ४–२ को जित

। फोटो स्रोत ।
२०७७ जेठ २०, ०६:१२ खबर संवाददाता

शीर्ष दुईको होडमा रहेको आरबी लेइप्जिगले जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा ४–२ को जित निकालेको छ। आरबीले अवे मैदानमा भएको खेलमा एफसी कोल्नलाई पराजित गरेको हो। पहिलो हाफमा दुई गोल गरेर एक गोल खाएको आरबीले दोस्रो हाफमा पनि दुई गोल गरेर एक गोल खाएको हो।

आरबीका लागि प्याट्रिक सेकले २० औँ तथा एकुन्कुले ३८ औँ मिनेटमा गोल गरे। त्यसअघि कोल्नका लागि सातौँ मिनेटमा कोर्डोबाले गोल गरेका थिए।

यस्तै ५० औँ मिनेटमा टिमो वर्नरले आरबीका लागि तेस्रो गोल गरे। यो सिजन उनले बुण्डेस लिगामा २५ गोल गरिसकेका छन्। ५५ औँ मिनेटमा कोल्नका लागि मोडेस्टले गोल गरे। ५७ औँ मिनेटमा ओल्मोले गोल गरेपछि आरबीले ४–२ को जित निश्चित गरेको हो।

जितपछि तेस्रो स्थानमा पुगेको आरबीको २९ खेलबाट ५८ अंक भएको छ। दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुण्डको ६० अंक छ।

कमेन्ट लोड गर्नुस