सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा सेनाले बनायो ६८ शय्याको अस्थायी क्वारेन्टिन

२०७७ जेठ १९, ०८:२८

डोटीको सदरमुकाम सिलगढीमा रहेको नेपाली सेनाको रुद्रध्वज गणले भारतबाट रोजगारी गरी फर्किएका नागरिकलाई राख्नका लागि ६८ शय्याको अस्थायी क्वारेन्टिन निर्माण गरेको छ।  शिखर नगरपालिकाको सहयोगमा सेनाले वडा नं ३ कालागाढको जङ्गलमा १७ क्वारेन्टिन निर्माण गरेको  गणले जनाएको छ।

जिल्लामा भारतबाट आउने नागरिक दिनहुँ बढिरहेको र उनीहरुलाई राख्न निर्माण गरिएका क्वारेन्टिनको सङ्ख्या अपुग भएका कारण नगरपालिकाको सहयोगमा  सेनाले कवारेन्टिन निर्माण गरेको शिखर नगरपालिकाका  प्रमुख सीताराम जोशीले बताए।

नौ वटा स्थानीय तह रहेको डोटीमा गत चैत ११ गते देशमा भएको लकडाउनपछि करीब दश हजार नागरिक भारतबाट आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रत्येक क्वारेन्टाइनमा एकएक शौचालय तथा एक भान्साघर समेत रहेको नगर उपप्रमुख धौलीदेवी रावलले जानकारी दिए। रासस
 

कमेन्ट लोड गर्नुस