सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ट्रमा सेन्टर सहित सय शैयाको सरुवा रोग र क्यान्सर अस्पताल सञ्चालन गरिने

२०७७ जेठ १९, ०६:५१

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले अगामी वर्ष सुविधा सम्पन्न ट्रमा सेन्टर सहित एक सय शैयाको सरुवा रोग नियन्त्रण अस्पताल सञ्चालन गर्ने भएको छ।

प्रमुख प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेशसभामा अगामी वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त घोषणा गरेकी हुन्। प्रदेशमा एक सय शैयाको क्यान्सर रोग उपचार अस्पताल पनि सञ्चालनमा ल्याईने प्रदेश प्रमुख पन्तले बताईन्। प्रदेशमा कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै संक्रमितको उपचारका लागि आवश्यकताका आधारमा थप शैया व्यवस्थापन गर्दै लैजाने, ९ वटै जिल्ला अस्पतालको स्तरोन्नती गर्ने, धनगढी, महेन्द्रनगर र डडेल्धुराका स्वास्थ्य संस्थाको स्तरोन्नती गर्ने, बैतडी, डोटी र अछाम अस्पतालमा मोलीक्युलर सेटअफ सहितको प्रयोगशाला स्थापना गर्ने, सेती र महाकाली अस्पतालबाट विशिष्टकृत सेवा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

कमेन्ट लोड गर्नुस