सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका संक्रमित भारतबाट फर्किएका थिए, पाटनमा उपचार हुँदै

२०७७ जेठ १९, ०३:३९ खबर संवाददाता

धनगढी : बैतडीका कोरोना संक्रमित युवक पाटन नगरपालिकाका रहेको खुलेको छ। पाटन नगरपालिका वडा नम्बर ४ का ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेसनमा राखेर उपचार भईरहेको स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।

जोशीका अनुसार ती पुरुष भारतबाट फर्किएर पाटन नगरपालिकाले स्थापना गरेको क्वारेन्टाईनमा बसिरहेका थिए। जेठ १३ गते आरडिटी रिर्पोट पोजेटिभ देखाएपछि आईसोलेसनमा भर्ना गरिएको थियो।

धनगढीमा उनको थ्रोट स्वाबको नमूना परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको हो। यसअघि बैतडीमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका शिवनाथ गाउँपालिकाका पुरुषमा कोरोना देखिएको थियो।

उनको जिल्ला अस्पतालको आईसोलेसनमा उपचार भईरहेको छ भने शिवनाथकै चारजना संक्रमितको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ। 
 

कमेन्ट लोड गर्नुस