सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना सङ्क्रमित व्यक्तिमा डेङ्गी देखियो

२०७७ जेठ १८, ०६:३० खबर संवाददाता

कोरोना सङ्क्रमित एक व्यक्तिमा डेङ्गी भेटिएको छ। दाङको बबई गाउँपालिकास्थित बेलझुण्डी कोरोना विशेष अस्पतालको आइसोलशनमा रहेका वडा नम्बर ६ का ३० वर्षीय पुरुषमा जाँच गर्दा आइतबार डेङ्गी भेटिएको बताइएको छ।

अस्पतालका हेल्थ असिस्टेन्ट द्रोर्ण वलीले ती व्यक्तिमा ज्वरो आएपछि रगत र पिसाब जाँच गर्दा डेङ्गी फेला परेको बताए। ती व्यक्तिमा जेठ १६ गते कोरोना भाइरस पुष्टि भएपछि त्यही दिन बेलझुण्डी अस्पताल ल्याइएको वलीले बताए।

एक हप्ता अगाडि भारतबाट आएका ती व्यक्ति बबई गाउँपालिकाले निर्माण गरेको क्वरेण्टीनमा बसेका थिए। कोरोना सङ्क्रमितलाई लामखुट्टेले टोकेपछि हुने डेङ्गी फेला परेपछि त्यही अनुसार उपचार थालिएको अस्पतालका हेल्थ असिस्टेन्ट वलीले बताए। दाङमा यो वर्ष डेङ्गी फेला परेको यो पहिलो घटना हो।

 

कमेन्ट लोड गर्नुस