सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा आइसोलेसनमा दुई वर्षीय बालिकाको मृत्यु, कोरोना रिर्पोट आउन बाँकी

२०७७ जेठ १८, १०:०० प्रकाश सिंह

बाजुरा : बाजुरामा आईसोलेसनमा भर्ना गरिएका बालिकाको मृत्यु भएको छ। जिल्ला अस्पताल बाजुराको आईसोलेसनमा राखिएका  बुढिगंगा नगरपालिका १ का दुई वर्षीय बालिकाको  आईतवार बिहान मृत्यु भएको हो।

अस्पतालका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बालकको मृत्यु भएको पुष्टि गरे। बालिकाको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धनगढी पठाएईपनि रिर्पोट नआएको डाक्टर विश्वकर्माले बताए।

रिर्पोट प्राप्त भएपछि मात्र उनको शव व्यवस्थापन गरिने भएको छ। आठ दिन अघि भारतबाट फर्किएकी उनलाई बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको आइसोलेसनमा राखिएको थियो।

बालिकाको अवस्था जटिल भएपछि जेठ १५ गते सदरमुकाममा रहेको आइसोलेसनमा  भर्ना गरिएको थियो।  बालिकामा झाडापखला, ज्वरो, श्वासप्रश्वास सम्बन्धीत समस्या देखिएको चिकित्सकले बताएका छन्।

आईसोलेसनमा आमाबुबासँगै बालिकालाई पनि राखिएको थियो। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस