सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा थप १८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

२०७७ जेठ १७, ०४:२७ खबर संवाददाता

धनगढी : नेपालमा थप एक सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या एक हजार चार सय एक पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विभिन्न प्रादेशिक प्रयोगशाला र अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा आज मात्रै एक सय ८९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। देशभरीमा दुई सय १९ जना कोरोनालाई जितेर डिस्चार्ज भईसकेका छन्। 

अहिलेसम्म प्रदेश १ का ९ जिल्लाका एक सय ६०, प्रदेश २ मा ८ जिल्लाका ५ सय ४७, बाग्मतीका १२ जिल्लाका ४५ जना, गण्डकीका ५ जिल्लाका २० जना, प्रदेश ५ का नौँ जिल्लाका ५ सय ४७ जना, कर्णाली प्रदेशका तीन जिल्लाका ६१ जना र सुदूरपश्चिमका ७ जिल्लाका २१ ज्नामा कोरोना पुष्टि भईसकोको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए। 

कमेन्ट लोड गर्नुस