सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा तपाईको स्थानीय तहले कति बजेट पायो ? (सूचीसहित)

तस्बिर सौजन्य नेपाल टिलिभिजन
तस्बिर सौजन्य नेपाल टिलिभिजन
२०७७ जेठ १६, ०५:४२ खबर संवाददाता

धनगढी : संघिय सरकारले सुदूरपश्चिमका ८८ स्थानीय तहलाई ३० अर्ब एक करोड ४६ लाख बजेट गराउने भएको छ।  अगामी आर्थिक वर्ष २०७७÷८८ का लागि प्रदेशका ९ जिल्लाका ८८ स्थानीय तहले वित्तिय हस्तान्तरण अन्तरगत ३० अर्ब एक करोड बजेट पाउने भएका छन्। 

सरकारले समानीकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान र समपूरक अनुदानमा कैलालीका १३ स्थानीय तहका लागि सबैभन्दा बढि पाँच अर्ब ६२ करोड ४३ लाख छुट्याएको छ।

धनगढी उप–महानगरपालिकाले ८५ करोड ६७ लाख बजेट पाउँदा गौदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, टिकापुर नगरपालिका, भजनी नगरपालिका र लम्कीचुहा नगरपालिकाले दुई अर्ब ९० करोड बजेट पाउने भएका छन्। 

यस्तै कैलारी गाउँपालिका, चुरे गाउँपालिका, जानकी, जोशीपुर, बर्दागोरिया र मोहन्याल गाउँपालिकाले एक अर्ब ८६ करोड बजेट प्राप्त गर्नेछन्। 

कञ्चनपुरका ९ स्थानीय तहलाई तीन अर्ब ३९ करोड २९ लाख, बझाङका १२  स्थानीय तहले ३ अर्ब ६३ करोड ९९ लाख, बैतडीका १० स्थानीय तहले तीन अर्ब ५७ करोड  ६१ लाख, अछामका १० स्थानीय तहले पनि तीन अर्ब ३६ करोड ३२ लाखको वित्तिय हस्तान्तरण पाउनेछन्। 

यसैगरी दार्चुलाका ९ स्थानीय तहले दुई अर्ब ८४ करोड १९ लाख, डोटीका ९ स्थानीय तहले दुई अर्ब ७४ करोड ४२ लाख, डडेल्धुराका ७ स्थानीय तहले दुई अर्ब ४१ करोड ९३ लाख र बाजुराका ९ स्थानीय तहले  दुई अर्ब ४१ करोड ३८ लाख बजेट पाउनेछन्। 

हेर्नुस स्थानीय तहगत सूची

 

 

 

 

 

कमेन्ट लोड गर्नुस