सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ९ जिल्लालाई ३० अर्ब बजेट

२०७७ जेठ १६, ०४:४९ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशका ९ जिल्लालाई संघिय सरकारले अगामी आर्थिक वर्षका लागि ३० अर्ब बजेट बिनियोजन भएको ।छ बीहिबार संघिय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको अगामी आर्थिक वर्षको बजेटमा अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तरगत सुदूरपश्चिमका ९ वटै जिल्लालाई ३० अर्ब बढि बजेट छुट्याईएको हो।

सरकारले समानीकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान र समपूरक अनुदानमा ९ वटै जिल्लालाई ३० अर्ब एक करोड ४६ लाख बजेट विनियोजन गरेको हो। १३ स्थानीय तह रहेको कैलालीले सबैभन्दा बढि पाँच अर्ब ६२ करोड ४३ लाख पाएको छ भने ९ स्थानीय तह रहेको कञ्चपुरले तीन अर्ब ३९ करोड २९ लाख बजेट पाउनेछ। 

यस्तै बझाङका लागि ३ अर्ब ६३ करोड ९९ लाख, बैतडीका लागि तीन अर्ब ५७ करोड  ६१ लाख, अछामका लागि तीन अर्ब ३६ करोड ३२ लाख, दार्चुलाका लागि दुई अर्ब ८४ करोड १९ लाख, डोटीका लागि दुई अर्ब ७४ करोड ४२ लाख, डडेल्धुराका लागि दुई अर्ब ४१ करोड ९३ लाख र बाजुराका लागि दुई अर्ब ४१ करोड ३८ लाख बजेट छुट्याईएको छ।  

कमेन्ट लोड गर्नुस