सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना भाइरस सकिएको छैन : डब्ल्यूएचओ

२०७७ जेठ १६, ०३:४९ खबर संवाददाता

काठमाडौं : विश्‍व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नोभेल कोरोना भाइरस समाप्त भइ नसकेकोु उल्लेख गर्दै नयाँ प्रकोपका लागि तयार हुनुपर्ने जनाएको छ। 

डब्ल्यूएचओका विश्वप्रतिनिधि डा.डेभिड नाबारले भने, ूनोभेल कोरोना भाइरसका लागि जारी गरिएका लकडाउन मापदण्डहरु खुला गरिएसँगै मानिसहरुको आवतजावत र सामाजिक दूरीको नियम उल्लंघन भइरहेको छ। त्यसकारण हामी नयाँ प्रकोपका लागि तयार हुनुपर्ने अवस्था सिर्जना भएको छ।

  उनले लकडाउन खुकुलो भए पनि मानिसहरुले भौतिक दूरी कायम गर्ने बानी पार्नुपर्ने र सजगता अपनाउन आवश्यक रहेको बताए। त्यसैगरी कोही बिरामी मानिसहरु भएमा आफैंलाई आइसोलेट गर्नुपर्ने उनले बताए। बीबीसीबाट 

कमेन्ट लोड गर्नुस