सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा भारतबाट फर्किएकी महिलाले क्वारेन्टिनमै शिशु जन्माईन्

२०७७ जेठ १६, ०२:५९ प्रकाश सिंह

अछाम : अछाममा एक महिलो क्वारेनटाइनमै शिशु जन्माएकी छन्। जिल्लाको मेल्लेख गाँउपालिका वडा नम्बर ३ ठाँटीकी २६ वर्षीया सुना नेपालीले शुक्रवार बिहान मानवदुर्गा प्रावीको क्वारेन्टाईनमा शिशुलाई जन्म दिएकी हुन्।

ठाँटी स्वास्थ्यचौकीका ईन्चार्ज नरेन्द्र शाहले नेपालीले  क्वारेन्टाईनमै शिशुलाई जन्म दिएको बताए। स्वास्थ्यचौकीले सुरक्षित प्रसुतीका लागि अनमी सम्झना सिहंलाई क्वारेनटाइनमै खटाएर सेवा दिएको थियो।  

शुक्रवार बिहान सुत्केरी बेथा लागेपछि अनमी सिंहलाई आवश्यक समाग्री सहित क्वारेन्टाईनमा पठाईएको थियो। अहिले शिशु र आमाको अवस्था समान्य छ।  

भारतको दील्लीबाट जेठ १३ गते अछाम पुगेकी नेपाली श्रीमान सहित क्वारेन्टाईनमा बसेकी थिईन्। दुवैलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ।  
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस