सुदूर नेपाललाई विश्वसँग जोड्दै

टी–२० विश्वकप लगायतका सबै एजेण्डा जुन १० सम्म स्थगित

२०७७ जेठ १६, ०२:४० खबर संवाददाता

काठमाण्डौ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको बोर्ड बैठकले अस्ट्रेलियामा आयोजना हुने टी(२० विश्वकप लगायतका सबै एजेण्डाहरु जुन १० सम्मलाई स्थगित गरेको छ।

बिहीबार टेलि कन्फ्रेन्समार्फत बसेको बैठकमा सबै एजेण्डामा जुन १० तारिखमा निर्णय गर्ने सहमति भएको जनाइएको छ । विश्वकप अस्ट्रेलियामा १८ अक्टोबरदेखि १५ नोभेम्बरसम्म आयोजना गर्ने मिति तोकिएको छ।

तर, अहिले कोरोना भाइरसका कारण आसन्न  टी २० विश्वकप स्थगित गर्ने आंकलन भइरहेका बेला विहीबारको बैठकलाई अर्थपूर्णरुपमा हेरिएको थियो।

आईसीसीले बोर्ड टेलि कन्फ्रेन्समार्फत अहिले जारी कोरोना माहामारीका कारण जनस्वास्थ्य पहिलो प्राथमिकता भएको भन्दै जुन १० मा बस्ने बैठकले थप निर्णय गर्ने जनाइएको छ। रासस 

कमेन्ट लोड गर्नुस