कैलालीमा रुख कटान रोक्न मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन भएन (फोटो फिचर)
सुदूरपश्चिममा पनि रुख कटान, ढुवानी र ओसारपसार रोक्न वन तथा वातावरण मन्त्रालयले निर्देशन दिएपनि कार्यान्वयन भएको छैन्। सुदूरपश्चिम प्रदेश सहित सात वटै प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई वन तथा वातावरण मन्त्रालयले यस्तो निर्देशन दिएको थियो।
नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको भन्दै कार्यान्वयनका लागि परिपत्र गरिएको थियो। तर कैलालीमा आज पनि रुख कटान भईरहेको छ।
जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर १ मा रहेको मौवारी सामुदायिक वन, वडा नम्वर ६ को भैरव महिला सामुदायिक वन लगायतमा रुख कटानी नरोकिएको हो।
प्रदेशको उद्योग पर्यन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी भरत प्रशाद श्रेष्ठले निर्देशनालयलाई परिपत्र गरिसकेको जानकारी दिए। निर्देशनालयका निर्देशक हेमराज विष्टले भने आज डिभिजन वनलाई परिपत्र हुने जानकारी दिए।