सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चुरेमा वातावरणीय प्रभाव मूल्याङन नगरी धमाधम सडक खनिदै

फाईल फोटो
फाईल फोटो
२०७७ जेठ १६, ११:३४ कमल सावद

धनगढी : कैलालीको चुरे गाउँपालिका क्षेत्रमा अनुमति बिना वन क्षेत्रमा सडक निर्माण गर्ने क्रम अझै रोकिएको छैन्। गत आर्थिक वर्षमा वन क्षेत्रमा अनुमति विना सडक निर्माण गरेको गाउँपालिकाले चालु आर्थिक वर्षमा प्रदेश सरकारको बजेटबाट निर्माण हुने सडकको वातावरणीय प्रभाव मुल्याङकन समेत नगरी ट्रयाक धमाधम सडक खनिरहेको छ।

वातावरणीय प्रभाव मुल्याङ्कन नभएको भन्दै स्थानीयले वन क्षेत्रमा सडक निर्माण गर्न नहुने बताएका छन्। सडक योजनाको कार्यान्वयनको जिम्मा पाएको चुरे गाउँपालिकाले भने ट्रयाक खोल्ने कार्य रोकेको छैन्। सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीको पूर्वाधार विकास कार्यक्रमको १० लाख बजेटमा चुरे गाउँपालिका वडा नम्बर २ खैरालामा ट्रयाक खोलिदैछ।

उपभोक्ता समितिले सडक निर्माणको सम्झौता गर्दै काम सुरु गरेको थियो। उपभोक्ता समितिले काम सुरु गरेपछि वातावरणीय प्रभाव मुल्याङ्कन नभएको भन्दै स्थानीयले विरोध गरेका छन्। त्रिवेणी सामुदायिक वन क्षेत्रमा अनुमती विना सडकको ट्रयाक निर्माणको काम सुरु गरेको भन्दै स्थानीयले विरोध गरेका हुन्। 

 त्रिवेणी सामुदायिक वनका सचिव लखन बलामीले सडक निर्माणमा सामुदायिक वनसँग कुनै समन्वय नभएको बताए। ‘सामुदायिक वन क्षेत्रमा सडक निर्माण हुँदैछ। तर सामुदायिक वनका पदाधिकारीसँग पनि समन्वय छैन्। वनका कार्मचारीसँग हुने कुरै भएन। सामुदायिक वनमा स्वीकृती विना सडक निर्माण थालिएपछि स्थानीयले अवरोध गरेका छन्।’ उनले भने।

सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतकको पूर्वाधार कार्यालयले प्रदेश सभा सदस्यहरुका पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनका लागि समय कम रहेको भन्दै स्थानीय तहलाई अधिकार दिएको छ। स्थानीय तहले विस्तृत योजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मुल्याङ्कन विना सडक निर्माण भईरहेको हो।

चुरे गाउँपालिकाले गत वर्ष पनि वातारणीय प्रभाव मुल्याङकन नगरेकोमा चालु आर्थिक वर्षमा पनि सोही गल्ती दोहोरिएको जनाएको छ। खैराला–सल्यखोला सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मानबहादुर साउँदले राजनीतिक पूर्वग्राहमा स्थानीयले विरोध गरेको बताए।

‘प्रदेश सरकारको बजेटबाट सडक निर्माण गर्न सम्झौता गरेका थियाँै। माथीबाट सडक सफा गर्दै आयौँ। नयाँ ट्रयाक खोल्नुपर्ने स्थानमा विवाद भएको छ। राजनीतिक प्रतिसोधमा विरोध भएको हो। अहिले काम रोकेका छौ। छलफलको तयारीमा छौँ।’ उनले भने। 

चालु आर्थिक वर्षमा १० लाख बजेटबाट कति किलोमिटर सडकको ट्रयाक निर्माण हुन्छ। सो विषयमा पनि निक्र्यौल छैन्। गाउँपालिकाले उपभोक्ता समितिलाई नयाँ सडकको ट्रयााक निर्माणको जिम्मा दिएको हो। तर वातारणीय प्रभाव मुल्याङ्कन भने भएको छैन्।

जसले भविष्यमा जोखिम बढ्ने देखिएको छ। चुरे गाउँपालिकाका सव–इन्जिनियर चन्द्रदेव भट्टले स्थानीयबाट सडक निर्माणमा विरोध आएको बताए। ‘स्थानीयले सडक निर्माणमा अवरोध गरेका छन्।’ उनले भने, 
  

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस